पोखरा महानगरमा पहिरोबाट मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारबाट राहत प्रदान
पोखरा महानगरमा गत २६ गते राति विभिन्न स्थानमा गएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । सोमबार गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला,कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव किरणराज शर्मा , कास्की प्रहरी प्रमुख जिवनकुमार श्रेष्ठ सहित पुग्नु भएका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पोखरा २६ पैतेडाँडाका दुर्गाबहादुर सुनारकी श्रीमति बिमला सुनार (विक)लाई ५० हजार राहत स्वरुप सहयोग हस्तान्त्रण गर्नुभयो ।
पैतेडाँडा पहिरोको निरिक्षण गर्नुको साथै मन्त्री चुमानले पहिरोको कारण विस्थापित भएर विद्यालयमा आश्रय लिएकाहरुलाई पनि भेट गर्नुभयो ।

सोमबारै मन्त्री चुमानले पोखरा–१८ सराङकोटका पाँच तथा वडा नं २५ हेमजा एक जना मृतकका परिवारलाई जनही रु ५० हजारका दरले राहत प्रदान गर्नुभयो ।
सराङकोटको गोठादीमा मृत्यु भएका टङ्कबहादुर थापा र सोममायाका काका नातापर्ने सोमबहादुर थापालाई राहत प्रदान गरियोे । इसिका राईका बुबा राजकुमार,सुवान थापाका बुबा पदम थापा तथा शीतल श्रेष्ठको सानो बुबा सबिन थापालाई जनही रु ५० हजारका दरले प्रदान गरिएको थियो ।त्यसैगरी हेमजास्थित मेलबोटमा पहिरोमा परी मृत्यु भएका हिमकली अधिकारीका बुहारी दीपा अधिकारीलाई मन्त्री चुमानले रु ५०÷५० हजारका दरले हस्तान्तरण गर्नुभयो ।
राहत वितरण गर्दे मन्त्री चुमानले प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दे , परिवार प्रति संवेदना ब्यक्त गर्नुभयो । विद्यालयमा आश्रय लिएर बसेकाहरुलाई प्रदेश सरकारले ठोस निणर्य गरिनसेको भएपनि केही न केही ब्यबवस्था गर्ने बताउनु भयो ।
प्राकृतिक प्रकोपबाट जनधनको क्षति हुन नदिनका लागि सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले गण्डकी प्रदेशका कास्की म्याग्दी, पर्वत, लम्जुङ , तनहुँमा पहिरोको कारण ठुलो धनजनको क्षति भएको बताउनु भयो ।


