रूकुम चाैरजहारी घटना सुनियाेजित भएकाे संसदीय समितिकाे निष्कर्ष

रुकुमको चौरजहारी घटनाको अध्ययन गर्न गठित संसदीय समितिले प्रतिवेदन बुझाएकाे छ ।

रूकुमकाे चाैरजहारीमा नवराज बिकसहित ६ जनाको ज्यान जानेगरी भएको घटना सुनियोजित भएको निष्कर्ष संसदीय समितिले निकालेको छ।

२०७७ साल जेठ १० गते जाजरकोटबाट प्रेमिका भगाउन रुकुम पश्चिम पुगेका नवराज बिकसहित ६ जनाको चाैरजहारीका स्थानीयकाे कुटपिटका कारण ज्यान गएको थियो ।

सांसद देवेन्द्र पौडेल संयोजकत्वमा गठित संसदीय समितिले एक महिना अध्ययन गरेर तयार पारेकाे प्रतिवेदन सभामुख अग्नि सापकोटालाई मंगलबार बुझाइएकाे छ ।

प्रतिवेदनमा ‘नवराज बिक र सुस्मा मल्लबीचको प्रेम सम्बन्ध अन्तरजातीय भएकाले घटनाको मुख्य जरिया जातीय भेदभाव र छुवाछुत भएको’ उल्लेख गरिएकाे समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयाे ।

प्रतिवेदनमा घटना सुस्माको आमाको आव्हानमा वडाअध्यक्ष डम्बर मल्लको नेतृत्वमा भएको समेत ठहर गरिएकाे छ । प्रहरीले समेत घटना भएपछि उद्दार गर्ने तथा घटनाको अनुसन्धान प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकाे समितिकाे निष्कर्ष निकालेकाे छ ।

Facebook Comments