अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिने सहयोग रोक्ने

काेराेना भाइरसकाे सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)काे भूमिकालाई लिएर आलाेचना गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयाेग नै राेक्न निर्देशन दिनुभएकाे छ ।

काेराेना भाइरसबारे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएको जानकारी दिनुभयाे ।

कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो ‘आधारभूत कर्तव्य’ पूरा गर्न चुकेको ट्रम्पकाे आरोप छ।

डब्लुएचओलाे चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछाेप गरेको, चीनकाे पक्ष लिएकाे र महामारी नियन्त्रणमा लिन राम्रो प्रबन्ध गर्न नसकेको ट्रम्पकाे जिकीर छ ।

ट्रम्पले यसअघि नै डब्लुएचओकाे आलाेचना गर्दै सहयाेग राेक्ने चेतावनी दिंदै आउनुभएकाे थियाे ।

डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ।

‘डब्लुएचओ आफ्नो आधारभूत जिम्मेवारी बहन गर्न असफल भएकि छ र यसका लागि उसलाई जवाफदेही बनाउनुपर्छ’, उनले थपे।

अमेरिकाले डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाताका रूपमा गतवर्ष ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो। यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो।

विश्व स्वास्थ्य संगठनले भने काेराेना महामारी विरूद्ध एकजुट भएर लड्न अपिल गर्दै यसलाइ लिएर राजनीति नगर्न अनुराेध गर्दै आएकाे छ ।

Facebook Comments