१९ लाख ९८ हजार जनामा कोरोना भाइरसको संक्रमण
कोरोना भाइरस(कोभिड–१९) को संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।
यो भाइरसका कारण विश्व नै आक्रान्त बनेको छ । अमेरिका र युरोपमा पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढिरहेको छ ।
चीनको वुहानमा २०१९ को डिसेम्बर महिनामा देखिएको कोरोना भाइरसको संक्रमण पछिल्लो सयमा युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको हो ।
पछिल्लो तथ्याकं अनुसार विश्वभर १९ लाख ९८ हजार १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । अमेरिकामा हालसम्म ६ लाख १३ हजार ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या २६ हजार ४७ पुगेको छ ।
अमेरिकापछि युरोपेली मुलुक स्पेनमा १ लाख ७४ हजार ६० जनामा संक्रमण देखिएको छ भने १८ हजार २ सय ५५ जनाको मृत्यु भएको छ ।
इटालीमा १ लाख ६३ हजार ४ सय ८८ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको छ ।
फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ जना संक्रमित हुँदा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ ।
त्यस्तै जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना संक्रमित भेटिएका छन् । जर्मनीमा कोरोना भाइरस संक्रमणका कारण ३ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ ।
बेलायतमा ९३ हजार ८ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १२ हजार १ सय ७ जनाको यस भाइरसका कारण मृत्यु भइसकेको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ३ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ ।
इरानमा ७४ हजार ८ सय ७७, टर्कीमा ६५ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । इरानमा हालसम्म ४ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ भने टर्कीमा १ हजार ४ सय ३ जनाको मृत्यु भएको छ ।
बेल्जियममा ३१ हजार १ सय १९ जनामा संक्रमण देखिएकोमा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा २७ हजार ४ सय १९ मा संक्रमण देखिएकोमा २ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २५ हजार ९ सय ३६ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । क्यानाडामा २७ हजार ६३ जनामा संक्रमण भएको छ भने ब्राजिलमा २५ हजार २ सय ६२, रसियामा २१ हजार १ सय २ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
यो भाइरसको संक्रमितहरु कारण पोर्चुगल, अष्ट्रिया, इजरायल, भारत, दक्षिण कोरिया, स्वीडेन लगायतका मुलुकमा पनि १० हजार भन्दा बढीको संख्यामा रहेका छन् ।
यस भाइरसको संक्रमणका कारण बेल्जियममा ४ हजार १ सय ५७, टर्कीमा १ हजार ४ सय ३, नेदरल्याण्डस्मा २ हजार ९ सय ४५, स्वीजरल्याण्डमा १ हजार १ सय ७४, ब्राजिलमा १ हजार ५ सय ३२, स्वीडेनमा १ हजार ३३ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

