संसदमा नीति तथा कार्यक्रम पेश हुँदै
संसदमा आ.व. ०७७/७८का लागि सरकारकाे नीति तथा कार्यक्रम पेश हुने भएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ४ बजे बस्ने बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेकाे छ ।
सरकारले यसवर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य र राेजगारीका क्षेत्रलाइ प्राथमिकता दिने भएकाे छ ।
कोभिड-१९ विरुद्ध लड्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने, कोरोनासँग लड्न स्वास्थ्य संस्थाहरुलाई आवश्यक सामान किन्ने र अस्पतालहरुको सुदृढिकरण गर्ने गरी नीति तथा कार्यक्रमले सम्बाेधन गर्ने अपेक्षा गरिएकाे छ ।
कृषि र पर्यटनलाइ समेत प्राथमिकतामा राख्ने बुझिएकाे छ । सरकारले पेश गर्ने नीति तथा कार्यक्रमकै आधारमा आगामि आ.व.का लागि बजेट निर्धारण गरिन्छ । बजेट जेठ १५ गते पेश गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाे छ ।
Facebook Comments

