थप ९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या २६७ पुग्याे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ९ जनामा काेराेना संक्रमणा पुष्टी भएकाे जनाएकाे छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या २६७ पुगेको बताएको छ । शुक्रबार साँझ थप ९ जनामा संक्रमण देखिएको हो ।
शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाकारी दिएको छ ।
पर्साका ९ वर्षीय , विरगञ्जका १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला , उदयपुर त्रियुगा न पा निवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४ र ५ , तुलसीपुर ७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी काठमाडौं सतुंगल निवासी ७ वर्षीय बालकमा पनि संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्ती अनुसार निजको स्वास्थ्य स्थिति सामान्य रहेको र स्वस्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
नेपालमा ३५ जना काेराेना संक्रमित भने निकाे भइ घर फर्केका छन् ।

