नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो
नेपालमा सोमबारसम्म ६ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म ६ हजार २ सय ११ जनामा कोरोना संक्रमण फेला परेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोमबार मात्रै थप ४ सय ५१ जनामा संक्रमण देखिएको छ । ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ भने १ हजार ४१ जना निको भइ घर फर्केका छन् ।
कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।
पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।
Facebook Comments

