गण्डकी विश्वविद्यालयकाे कुलपतिमा गणेशमान गुरूङ नियुक्त
गण्डकी प्रदेश सरकारले सञ्चालन गर्न लागेको विश्वविद्यालयका कुलपति नियुक्ति गरिएकाे छ ।
विश्वविद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक यसअघि नै प्रदेशसभाबाट पारित भइसकेकाे छ ।
साेही विधेयककाे व्यवस्था अनुसार गण्डकी प्रदेश सरकारले प्राध्यापक डाक्टर गणेशमान गुरुङलाई कुलपतिमा नियुक्त गरेको हो ।
हाल रहेका विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने र उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेकाे छ । तर गण्डकी प्रदेश सरकारले भने कुलपति नै नियुक्त गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुव्वशा गुरूङका अनुसार राजनीतिक प्रभावबाट टाढा रही प्राज्ञिक रूपमा मात्र विश्वविद्यालय अगाडि बढ्न सकाेस् भनेर कुलपति नै नियुक्ति गरिएकाे हाे ।
कुलपतिमा नियुक्त गुरूङ २०७० सालमा संविधा सभा सदस्य रहनुभएकाे थियाे ।
तत्कालीन नेकपा एमालेका तर्फबाट संविधानसभा सदस्य बन्नुभएका गुरुङले कुलपतिकाे सपथ ग्रहण गरिसक्नुभएकाे छ ।
गण्डकी प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रम र बजेटमार्फत नै गण्डकी विश्वविद्यालय बनाउने घोषणा गरेको थियो ।
प्रदेश सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पस रहेकाे जग्गामा विश्वविद्यालय बनाउने योजनासहित संघीय सरकारसँग जग्गा माग गरेपनि साेबारे कुनै निर्णय भएकाे छैन । गण्डकी प्रदेश विश्वविद्यालय बनाउन ८ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

