विश्वभर २० लाख बढीमा कोरोना भाइरस संक्रमण
विश्वलाई नै हायलकायल बनाएको कोरोना भाइरस(काेभिड-१९)बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ ।
पछिल्लो तथ्याकं अनुसार २० लाख ८३ हजार ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । अमेरिकामा ६ लाख ४४ हजार ८९ जनामा यो भाइरसको संक्रमण देखा परेको छ भने २८ हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि स्पेनमा १ लाख ८० हजार ६ सय ५९ जनामा संक्रमण देखिएको छ भने १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण अमेरिकामा पछि धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा २१ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार १ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
फ्रान्सका १ लाख ४७ हजार ८ सय ६३ मा संक्रमण देखिएकोमा १७ हजार १ सय ६७ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ३४ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार ८ सय ४ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या ९८ हजार ४ सय ७६ रहेकामा मृत्यु हुनेको संख्या १२ हजार ८ सय ६८ पुगेको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ३ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ ।
इरानमा ७६ हजार ३ सय ८९ जना, टर्कीमा ६९ हजार ३ सय ९२ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ७ सय ७७ जनाको मृत्यु भएको छ भने टर्कीमा १ हजार ५ सय १८ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ३३ हजार ५ सय ७३ जनामा संक्रमण देखिएकोमा ४ हजार ४ सय ४० जनाको मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा २८ हजार १ सय ५३ मा संक्रमण देखिएकोमा ३ हजार १ सय ३४ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २६ हजार ३ सय ३६ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार २ सय ३९ जनाको मृत्यु भएको छ ।
क्यानाडामा २८ हजार ३ सय ७९ जनामा संक्रमण हुनुका साथै १ हजार १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
ब्राजिलमा २८ हजार ७ सय ४६ जनामा संक्रमण भएको छ भने १ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा १८ हजार ९१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ५ सय ९९ जनाको मृत्यु भएको छ ।
रसियामा २४ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने हालसम्म १ सय ९८ जनाको मृत्यु भएको छ ।
अष्ट्रि«यामा १४ हजार ३ सय ५० जनामा संक्रमण देखिएकोमा ३ सय ९३ जनाको मृत्यु भएको छ ।
इजरायलमा १२ हजार ५ सय १ जनामा संक्रमण देखिनुका साथै १ सय ३० जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा १० हजार ५ सय ९१ जनामा संक्रमण देखिंदा मृत्यु हुनेको संख्या २ सय २५ रहेको छ ।
स्वीडेनमा ११ हजार ९ सय २७ जनामा संक्रमण देखिनुका साथै १ हजार २ सय ३ जनाको मृत्यु भएको छ ।
त्यसै गरी आयरल्याण्डमा १२ हजार ५ सय ४७ जनामा संक्रमण देखिँदा ४ सय ४४ जनाले ज्यान गुमाएका छन् ।
भारतमा १२ हजार ३ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म ४ सय २२ जनाले भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
पेरुमा ११ हजार ४ सय ७५ जनामा संक्रमण देखिएको छ भने २ सय ५४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी जापनमा ८ हजार ६ सय २६, इक्वेडरमा ७ हजार ५ सय ५८, चिलीमा ८ हजार २ सय २३, पोल्याण्डमा ७ हजार ५ सय ८२, रोमानियामा ७ हजार २ सय १६, नर्वेमा ६ हजार ७ सय ९७, डेनमार्कमा ६ हजार ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै अष्टे«लियामा ६ हजार ४ सय ४७, चेक रिपब्लिकमा ६ हजार ३ सय १ संक्रमण देखिएको छ ।
मेक्सिको, फिलिपिन्स, साउदी अरव, संयुक्त अरव इमिरेट्स, मलेसिया लगायतका मुलुकमा संक्रमितको संख्या ५ हजार नाघेको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

