विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४६ लाख बढी संक्रमित
विश्वभर ४६ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४६ लाख २८ हजार ८ सय ७९ जनामा देखिएको छ भने ३ लाख ८ हजार ६ सय ५५ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १७ लाख ५९ हजार ७ सय २९ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १४ लाख ८४ हजार २ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ८८ हजार ५ सय ७ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि स्पेनमा २ लाख ७४ हजार ३ सय ६७ जनामा संक्रमण देखिएको छ भने २७ हजार ४ सय ५९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३३ हजार ९ सय ९८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ३६ हजार ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
इटालीमा २ लाख २३ हजार ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३१ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।
रसियामा २ लाख ६२ हजार ८ सय ४३ जना संक्रमित मध्ये २ हजार ४ सय १८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा २ लाख २० हजार २ सय ९१ जना संक्रमितमध्ये १४ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७९ हजार ५ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २७ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ७५ हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार १ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ४६ हजार ४ सय ५७ जना संक्रमितमध्ये ४ हजार ५५ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख १६ हजार ६ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार ९ सय २ जनाको मृत्यु भएको छ ।
भारतमा ८५ हजार ९ सय ४० जना संक्रमितमध्ये २ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।
पेरुमा ८४ हजार ४ सय ९५ जनामा संक्रमण देखिएकोमा २ हजार ३ सय ९२ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ७४ हजार ६ सय १३ जना संक्रमित हुँदा ५ हजार ५ सय ६२ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५४ हजार ६ सय ४४ जनामा संक्रमण भएकोमा ८ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

