नेपालमा काेराेना संक्रमणबाट १ महिलाकाे मृत्यु
धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको काेराेना भाइरसका कारण मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेकाे छ ।
यसअघि मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा भने महिलाकाे मृत्युबारे अनुसन्धान भइरहेकाे जनाइएकाे थियाे ।
मृतक महिलाकाे दाहसंस्कार सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ ।
कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक महिलाकाे परिवारकाे पनि काेराेना परीक्षणका लागि थ्राेट स्वाब संकलन गरिसकिएकाे पनि मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ सय ८१ जनामा काेराेना भाइरस(काेभिड -१९)काे संक्रमण भएकाे पुष्टी भएकाे छ ।

Facebook Comments

