६ हजार ५ सय ९१ मा काेराेना संक्रमण

नेपालमा ६ हजार ५ सय ९१ जनामा काेराेना संक्रमण भएकाे छ ।

पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या ६ हजार ५ सय ९१ जना पुगेकाे हाे ।

संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ भने १ हजार १ सय ९८ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १४९ जना छन् । पछिल्लाे समय एशियाका भारत, बंगलादेश र पाकिस्तानमा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण बढिरहेकाे छ ।

नेपालमा छिमेकी मुलुकबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरूमा प्रायः संक्रमण पाइएकाे छ ।

Facebook Comments