१५ दिनका लागि थपियाे लकडाउन
नेपाल सरकार मन्त्रीपरिषद्काे बैठकले थप १५ दिन लकडाउन बढाउने निर्णय गरेकाे छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हाे।
लकडाउनकै कारण काेराेना भाइरस(काेभिड-१९)काे संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष समेत निकालेकाे छ ।
मन्त्रीपरिषद् बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ।
चैत ११ गतेदेखि गरिएको लकडाउन पटक पटक थपिँदै आएको छ। यसअघि जेठ ५ गतेसम्मका लागि लकडाउन ताेकिएकाे थियाे । मन्त्रीपरिषद् बैठकले लकडाउनलाई थप कडाई गर्ने निर्णय पनि गरेको छ।
नेपालमा हालसम्म काेराेना भाइरसकाे संक्रमणबाट २ जनाकाे मृत्यु भएकाे छ भने २ सय ९५ जनामा संक्रमण फेला परेकाे छ ।
Facebook Comments

