विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ४७ लाख ५२ हजार बढी संक्रमित
विश्वभर ४७ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४७ लाख ५२ हजार ४ सय २६ जनामा देखिएको छ भने ३ लाख १३ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १८ लाख ३१ हजार ५ सय ६१ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १५ लाख १० हजार २ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ९० हजार १ सय ७८ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि रसिया २ लाख ८१ हजार ७ सय ५२ जनामा संक्रमण देखिएको छ भने २ हजार ६ सय ३१ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३४ हजार ४ सय ६६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ४० हजार १ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा २ लाख ७७ हजार ७ सय १९ जना संक्रमित भेटिएका छन् भने २७ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।
ब्राजिलमा २ लाख ३३ हजार ५ सय ११ जनामा संक्रमण फेला परेको छ भने १५ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख २४ हजार ७ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३१ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७९ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २७ हजार ६ सय २५ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ७६ हजार ४ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार २७ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ४८ हजार ६७ जना संक्रमितमध्ये ४ हजार ९६ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख २० हजार १ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ६ हजार ९ सय ८८ जनाको मृत्यु भएको छ ।
भारतमा ९२ हजार २ सय ३९ जना संक्रमितमध्ये २ हजार ९ सय ११ जनाको मृत्यु भएको छ ।
पेरुमा ८८ हजार ५ सय ४१ जनामा संक्रमण देखिएकोमा २ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ७५ हजार ८ सय ६४ जना संक्रमित हुँदा ५ हजार ६ सय ७९ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५५४ हजार २ सय ८० जनामा संक्रमण भएकोमा ९ हजार ५२ जनाको मृत्यु भएको छ ।
साउदी अरव ५४ हजार ७ सय ५२ जना संक्रमित मध्ये ३ सय १२ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

