पश्चिमाञ्चलको रक्तदानमा ५० युनिट रगत संकलन


पोखराको पृथ्वीचोमा अवस्थित पश्चिमाञ्चल सहकाररी संस्था लिमिटेडले आयोजना गरेको रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।
सहकारीको १८औं वार्षिकउत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रमको पहिलो रक्तदाता महेश्वर ज्ञवालीलाई ब्लड ब्याग हस्तान्तरण गर्दे सहकारीका अध्यक्ष हरि प्रसाद पाण्डेयले शुभारम्भ गर्नुभएको थियो ।

रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा आकस्मिक रक्तदान युनिटका ब्यबस्थापक हरिशचन्द्र शर्माले पोखरामा रगतको अभाव भएको खबर पाउना साथ विभिन्न संघसस्थाले रक्तदान गर्ने गरेको बताउनु भयो ।


सहकारीका अध्यक्ष हरिप्रसाद पाण्डेयले संस्थाको वार्षिक उत्सवमा अन्य कार्यक्रम गर्ने अवस्था नभएपनि सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान गरेर संस्थाको वार्षिक उत्सव मनाएको वताउनु भयो । कार्यक्रम संयोजक डाक्टर छममाया पुनले रगतको विकल्प अरु नभएकोले रगतको महत्व बढि हुने गरेको बताउनु भयो ।

Facebook Comments