बेलायती सांसदलाई भारतमा राेक
भारतले बेलायती सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेशाज्ञा रद्द गरी फिर्ता गरिदिएकाे छ ।
कश्मिर मुद्दामा भारत सरकारको आलोचना गर्दै आउनुभएकी लेबर पार्टीकी सांसद डेबी अब्राहम्स दिल्ली अध्यागमनमा राेकिनुपरेकाे हाे ।
सांसदको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलबाट फिर्ता पठाइएकाे हाे ।
भारतले संविधानको अनुच्छेद ३७० हटाएर कश्मीरको विशेष प्रान्तको दर्जा खोसेपछि सांसद अब्राहम्सले भारत सरकारको आलोचना गर्नुभएकाे हाे ।
अब्राहम्स कश्मीरबारे बेलायती संसदीय समितिको अध्यक्ष समेत रहनुभएकाे छ । दिल्ली विमानस्थलका अधिकारीहरुले भिसा किन रद्द गरियो भन्ने जानकारी दिएका छैनन ।
यसैवीच सांसद अब्राहम्सले भारतीय अधिकारीहरुले आफूलाई अपराधीलाई जस्तै व्यवहार गरेको बताउनुभएकाे छ ।
Facebook Comments

