मुलुकको स्वाधिनताको रक्षा सधैं प्राथमिकतामाः महरा

अदालतबाट सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले एक वक्तव्य जारी गर्दै मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएकाे छ ।

कारागारबाट छुटेपछि एक वक्तव्य जारी गर्दै महराले एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहने उल्लेख गर्नुभएकाे छ ।

महरामाथि संसद सचिवालयकी कर्मचारीलाइ बलात्कार प्रयास गरेकाे अभियाेग लागेपछि पुर्पक्षका लागि १०३ दिन डिल्लीबजार कारागार बस्नुपरेकाे थियाे ।

हाल नेकपाभित्रै विवादित बन्दै आएको एमसिसी परियोजनालाई सभामुख हुँदा अघि बढ्नबाट रोकेकाे स्वयं प्रधानमन्त्रीले सार्वजनिक रूपमा बताउनुभएकाे थियाे ।

महराले एमसिसी रोकेर गल्ती गरेकाे धारणा समेत प्रधानमन्त्री केपीशर्मा ओलीले व्यक्त गर्नुभएकाे थियाे । महरालाइ बलात्कार प्रयाशकाे अाराेप लागेपछि षडयन्त्र भएकाे महराका समर्थकले बताउँदै अाएका थिए ।

महराले विज्ञप्तिमा नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको र सधैं रहिरहने उल्लेख गरेर एमसिसि प्रकरण जाेडन खाेजेकाे बुझ्न सकिन्छ ।

Facebook Comments