माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित

सरकारले चैत ६ गतेदेखि तोकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

काेराेना भाइरसका कारण परीक्षा स्थगित गरिएकाे हाे ।

शिक्षामन्त्री गिरीराजमणि पाेखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयाे ।

केहीबेरमा (एसईई) स्थगित बारे अाैपचारिक जानकारी दिने उहाँकाे भनाइ छ ।

यसअघि सरकारले सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राखेर एसईई परीक्षा सञ्चालन गर्ने निर्णय गरेकाे थियाे ।

Facebook Comments