थप ९ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ३ सय ४ पुग्याे

नेपालमा थप ९ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । याेसँगै नेपालमा कूल संक्रमितकाे संख्या ३ सय ४ पुगेकाे छ । जसमध्ये ३६ जना निकाे भएर घर फर्किसकेका छन् भने २ जनाकाे मृत्यु भएकाे छ ।

साेमबार राैतहटमा थप ९ जनामा काेराेना भाइरसकाे संक्रमण फेला परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमित २१ देखि ३० बर्षका पुरूष रहेकाे पनि मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयाे ।

Facebook Comments