थप ५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ५८ पुग्यो

नेपालमा एकैदिन ५४ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका ४७ जनासहित थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ५८ पुगेकाे छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएकाे हाे । 

देवकाेटाका अनुसार बाँकेमा ४६ जना पुरुष र एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा भएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै, विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका एकजना पुरुष र झापाका १ जना पुरूष, भैरहवाको प्रयोगशालामा गुल्मीका एक पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषा, रौतहट, दाङ र धादिङका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

सोमबार बिहान रौतहटमा आठ र बारामा एकजनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५८ पुगेको छ ।

संक्रमितमध्ये दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

Facebook Comments