मनाङमा पनि देखियो कोरोना,गण्डकी प्रदेशमा संक्रिमतको संख्या २८९पुग्यो


गण्डकी प्रदेशमा आज थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस संगै गण्डकी प्रदेशमा संक्रिमतको संख्या २८९ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासी बर्दघाट सुस्ता पुर्व १८ जना जस्मा मध्यविन्दु नगरपालिकाका १७ र गैडाकोट नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै तनहुँमा १२ जनामा कोरोना पुष्टि भएको छ । जस्मा ऋषिङगाउँपालिाका ७जना,शुक्लागण्डकी नगरपालिकाका १ जना र भानु नगरपालिकाका ४ जनामा कोरोना देखिएको छ । उता गोरखामा ११ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा पालुङटार नगरपालिकामा ७ जना,सहिद लगखन गाउँपालिकामा ४ जनामा कोरोना पुष्टि भएको हो । । यस्तै पहिलो पटक मनाङमा पनि कोरोना देखापरेको छ । कपिलबस्तुको बाढगंगा घर भई मनाङको चामे गाउँपालिकामा कार्यरत १ कर्मचारीमा कोरोना देखापरेको हो ।

Facebook Comments