नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

नेपालमा बुधबारसम्म ७ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म ७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण फेला परेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार मात्रै थप ५ सय बढीमा संक्रमण देखिएको छ । ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म २० जनाको मृत्यु भएको छ भने १ हजार १ सय ६७ जना निको भइ घर फर्केका छन् ।

कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

Facebook Comments