विश्वभर कोरोना भाइरसबाट ८४ लाख बढी संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)को कारण संक्रमितको संख्या बढिरहेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ८४ लाख १९ हजार १ सय ११ जनामा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
हालसम्म ४ लाख ५१ हजार ७ सय ४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म ४४ लाख ३० हजार ९ सय ६० जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
अमेरिकामा मात्रै २२ लाख बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा २२ लाख ३४ हजार ४ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा १ लाख १९ हजार ९ सय ४१ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ९ लाख ६० हजार ३ सय ९ संक्रमित भेटिएका छन् भने ४६ हजार ६ सय ५५ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
रसियामा ५ लाख ६१ हजार ९१ जना संक्रमितमध्ये ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।
भारतमा ३ लाख ६८ हजार ८९ संक्रमितमध्ये १२ हजार २ सय ७४ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४२ हजार १ सय ५३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ९९ हजार २ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा २ लाख ९१ हजार ७ सय ६३ जना संक्रमित भेटिएका छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।
पेरुमा २ लाख ४० हजार ९ सय ८ जना संक्रमितमध्ये ७ हजार २ सय ५८ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ३७ हजार ८ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३४ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ९० हजार १ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ९ सय २७ सय जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख ९५ हजार ५१ जना संक्रमितमध्ये ९ हजार १ सय ८५ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ८२ हजार ७ सय २७ जना संक्रमितमध्ये ४ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ५८ हजार १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २९ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ ।
चिली १ लाख ८४ हजार ४ सय ४९ जना संक्रमितमध्ये ३ हजार ६ सय १५ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा १ लाख ५९ हजार ७ सय ९३ जना संक्रमितमध्ये १९ हजार ८० जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा १ लाख ६० हजार १ सय १८ जना संक्रमितमध्ये ३ हजार ९३ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा १ लाख ४१ हजार २ सय ३४ संक्रमितमध्ये १ हजार ९१ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय भारत र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
क्यानडामा ९९ हजार ८ सय ५३, बंगलादेशमा ९८ हजार ४ सय ८९, चीनमा ८३ हजार २ सय ९३, कतारमा ८३ हजार १ सय ७४, दक्षिण अफ्रिकामा ८० हजार ४ सय १२ जना, बेल्जियममा ६० हजार २ सय ४४, कोलम्बियामा ५७ हजार ४६, बेलारुसमा ५६ हजार ३२, स्वीडेनमा ५४ हजार ५ सय ६२ जनामा संक्रमण भएको छ ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

