पोखरामा राष्ट्रिय कर्मचारी महासंघको बृहत भेला
नेपाल राष्ट्रिय कर्मचारी महासंघको आयोजनामा पोखरामा बृहत कर्मचारी भेला गरिएको छ ।
कास्कीस्थित संघीय सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको भेला आह्वान गरिएको थियो । कार्यक्रममा भूमि व्यवस्था कृषि तथ सहकारीमन्त्री लेखबहादुर थापामगरले कर्मचारीहरुले आफ्नो पेशागत हक अधिकारसँगसँगै सार्व्जिनक सेवा प्रवाहलाई जनस्तरसम्म पुर्याँदै जनतालाई परिर्वतनको अनुभुति गराउनुपर्नेमा जोड दिनु भयो । साविकका दुई संगठनबीचको एकताले पूर्णता नपाउँदा सम्म संस्थाका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा मन्त्रीको थापाको जोड थियो ।
नेकपा कास्की जिल्ला ईन्चार्ज राजकाजी गुरुङले साविकका दुई पार्टी एमाले र माओवादीको नीतिले मात्र विकास र समृद्धि सम्भव नभएपछि पार्टी एकता गर्नुपरेको र अब विकास अघि बढाइने स्पष्ट पाजर्नुभयोे । नेता करणले मुल रुपमा पार्टी नेतृत्वमा एकता सम्पन्न भएपनि एकतालाई कार्यकर्ताले र जनमतले समेत अनुमोदन गरिसकेपनि जनवर्गिय संगठनहरुको एकता पूरा हुन बाँकी रहेको बताउनु भयो । नेकपा जिल्ला सचिव बखानसिँह गुरुङले जनवर्गिय संगठनको एकतालाई पूरा गर्न संगठनको नेतृत्वलाई सकारात्मक दवाव दिनुपर्ने उल्लेख गर्नुभयो ।
महासंघ कास्कीका अध्यक्ष तारानाथ सुवेदीले आपसमा भेटघाट हुने र आ– आफ्ना अनुभव र अनुभुतीहरुलाई एक आपसमा साटासाट गर्ने मौका र अवसर पनि भेलाबाट प्राप्त भएको बताउनु भयो । ।
कार्यक्रम कसैको विरोध र समर्थनमा आयोजना नगरिएको स्पष्ट पार्दै सुवेदीले संगठनहरुको एकता प्रक्रियालाई सहज गराउनको लागि नियमित कार्यक्रमहरु तत्कालको लागि स्थगन गरिएकोमा एकता प्रक्रिया तत्काल सम्पन्न हुने स्थिति नदेखिएपछि नियमित आफ्नो कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी संगठन गण्डकी प्रदेश अध्यक्ष कृष्ण पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी,अखिल नेपाल शिक्षक संगठनका प्रदेश उपाध्यक्ष गोपालमणि लामिछाने, प्रगतिशिल जनस्वास्थ्यकर्मी संघका अध्यक्ष शिव केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष तारानाथ सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चलन उपाध्यक्ष सुमन गिरी र स्वागत कोषाध्यक्ष दुर्गा भुजेलले गरेकी थिइन् ।



