काेराेना संक्रमितकाे संख्या २ लाख नाघ्याे

चीनमा कोरोनामा भाइरस(कोभिड १९) संक्रमण मुलुकभित्र रहेका नागरिकमा नदेखिएको बताइएको छ ।

चीन सरकारले जनाए अनुसार बाहिरी देशबाट गएका नागरिकहरुमध्ये ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण २ लाख १८ हजार ८ सय मा देखिएको छ भने हालसम्म ८ हजार ८ सय १० जनाको यो भाइरसको संक्रमणपछि मृत्यु भएको छ ।

मृत्यु हुने अधिकांश पुराना कुनै न कुनै रोगबाट ग्रसित रहेका र उमेर बढी भएकाहरु रहेका छन् ।

चीनमा ८० हजार ९ सय २८ जनामा संक्रमण देखिएकोमा ७० हजार ४ सय २० जना उपचारपछि निको भएर घर फर्केका छन् ।

चीनपछि इटालीमा कोरोना भाइरसको संक्रमण तीव्र छ । इटालीमा हालसम्म ३५ हजार १ सय २३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २ सय ७ जनामा संक्रमण भेटिएको छ भने कोरोना भाइरसको संक्रमणका कारण हालसम्म २ हजार ९ सय ७८ जनाको मृत्यु भएको छ ।

इटालीपछि इरानमा १७ हजार ६ सय ३१ मा कोरोना भाइरसको संक्रमण देखिएको छ । इरानमा हालसमम कोारोना भाइरसको संक्रमणका कारण १ हजार १ सय ३५ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ९२ जनामा नयाँ संक्रमण देखिएको छ ।

Facebook Comments