विश्वभर २३ लाख २८ हजार बढीमा कोरोना भाइरसको संक्रमण
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २३ लाख नाघेको छ ।
पछिल्लो तथ्याकं अनुसार २३ लाख २८ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा ७ लाख बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार अमेरिकामा ७ लाख ३७ हजार ३ सय ८४ जनामा यो भाइरसको संक्रमण देखा परेको छ भने ३८ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा शनिबार एकै दिन २७ हजार ६ सय ४९ जना नयाँ संक्रमित फेला पर्नुका साथै १ हजार ७ सय ८३ जनाको मृत्यु भएको हो ।
अमेरिकापछि स्पेनमा १ लाख ९४ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ भने २० हजार ६ सय २९ जनाको मृत्यु भएको छ ।
संक्रमणका कारण अमेरिकामा पछि धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा २३ हजार २ सय ३७ जनाको मृत्यु भएको छ भने १ लाख ७५ हजार ९ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
फ्रान्सका १ लाख ५१ हजार ७ सय ९३ मा संक्रमण देखिएकोमा १९ हजार ३ सय २३ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ४३ हजार ४ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ हजार ४ सय ७७ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या १ लाख १४ हजार २ सय १७ रहेकामा मृत्यु हुनेको संख्या १५ हजार ४ सय ६४ पुगेको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।
टर्कीमा ८२ हजार ७ सय १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा १ हजार ८ सय ९० जनाको मृत्यु भएको छ ।
इरानमा ८० हजार ८ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार ३१ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ३७ हजार १ सय ८३ जनामा संक्रमण देखिएकोमा ५ हजार ४ सय ५३ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ३६ हजार २ सय ७२ जनामा संक्रमण भएकोमा २ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ ।
रसियामा ३६ हजार ७ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्युदर भने निकै कम देखिएको छ । रसियामा अहिलेसम्म ३ सय १३ जनाको मृत्यु भएको छ ।
क्यानाडामा ३३ हजार ३ सय ८३ जनामा संक्रमण हुनुका साथै १ हजार ४ सय ७० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा ३१ हजार ५ सय ८९ मा संक्रमण देखिएकोमा ३ हजार ६ सय १ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २७ हजार ४ सय ४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा १९ हजार ६ सय ८५ जनामा संक्रमण हुँदा ६ सय ८७ जनाको मृत्यु भएको छ ।
भारतमा १५ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय २१ जनाको मृत्यु भएको छ ।
अष्ट्रि«यामा १४ हजार ६ सय ७१ जनामा संक्रमण देखिएकोमा ५ सय ७१ जनाको मृत्यु भएको छ ।
त्यस्तै आयरल्याण्डमा १४ हजार ७ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ५ सय ७१ जनाको मृत्यु भएको छ । पेरुमा १३ हजार ४ सय ८९ जनामा संक्रमण हुँदा ३ सय जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
स्वीडेनमा १३ हजार २ सय १६ जनामा संक्रमण हुँदा १ हजार ४ सय जनाको मृत्यु भएको छ ।
इजरायलमा १३ हजार २ सय ६५ जनामा संक्रमण देखिनुका साथै १ सय ६४ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियामा १० हजार ६ सय ५३ जनामा संक्रमण देखिंदा मृत्यु हुनेको संख्या २ सय ३२ रहेको छ ।
त्यसैगरी जापनमा १० हजार २ सय ९६ जनामा कोरोना संक्रमण भएको छ । दर्जन बढी मुलुकमा संक्रमितको संख्या १० हजार नजिक पुग्न लागेको छ भने सयौंको मृत्यु भइरहेको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

