जनकपुरधाममा पैसा छरेर भाग्ने दुवैकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ

जनकपुरको सडकमा पैसा छरेर भाग्ने दुवै महिलाको कोरोन रिपोर्ट नेगेटिभ आएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जानकारी दिएकाे छ ।

कोरोना महामारी संक्रमणको बेला जनकपुरमा पैसा फालेर भागेका नन्द भाउजुमा शनिबार गरिएको आरडिटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको हाे ।

यसअघि पनि आरडिटी परीक्षणमा पाेजेटिभ देखिएपनि पिसिआर परीक्षणमा नेगेटिभ आउने गरेकाे थियाे । पिसिआर रिपोर्टलाई हामी अन्तिम परिणामको रुपमा मान्ने गरिन्छ ।

जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने दुई महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरेकाे थियाे ।

उनीहरूले किन त्यसरी पैसा छरेर भागे भन्ने खुलेकाे छैन, प्रहरीले अनुसन्धान जारी रहेकाे जनाएकाे छ ।

जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर २ महिला भागेपछि स्थानीय त्रसित बनेका थिए ।

Facebook Comments