विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट झण्डै ४९ लाख संक्रमित
विश्वभर झण्डै ४९ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ४८ लाख ९४ हजार २ सय २२ जनामा देखिएको छ भने ३ लाख २० हजार १ सय ८१ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १९ लाख ८ हजार ६५ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १५ लाख ५० हजार २ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ९१ हजार ९ सय ८१ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि रसिया २ लाख ९० हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ भने २ हजार ७ सय २२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३४ हजार ७ सय ९६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ४६ हजार ४ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा २ लाख ७८ हजार १ सय ८८ जना संक्रमित भेटिएका छन् भने २७ हजार ७ सय ९ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा २ लाख ५५ हजार ३ सय ६८ जनामा संक्रमण फेला परेको छ भने १६ हजार ८ सय ५३ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख २५ हजार ८ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३२ हजार ७ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ७९ हजार ९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार २ सय ३९ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ७७ हजार २ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार १ सय २३ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ५० हजार ५ सय ९३ जना संक्रमितमध्ये ४ हजार १ सय ७१ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख २२ हजार ४ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार ५७ जनाको मृत्यु भएको छ ।
भारतमा पनि संक्रमितको संख्या १ लाख नाघेको छ । भारतमा १ लाख १ हजार २ सय ६१ जना संक्रमित मध्ये ३ हजार १ सय ६४ जनाको मृत्यु भएको छ ।
पेरुमा ९४ हजार ९ सय ३३ जना संक्रमित मध्ये २ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ७५ हजार ७२ जना संक्रमित हुँदा ५ हजार ८ सय ४२ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा ५७ हजार ३ सय ४५ जना संक्रमितमध्ये ३ सय २० जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५५ हजार ५ सय ५९ जनामा संक्रमण भएकोमा ९ हजार ८० जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

