काेराेना संक्रमितकाे संख्या ४ सय २ पुग्याे

नेपालमा मंगलबारसम्ममा काेराेना संक्रमितकाे संख्या ४ सय २ पुगेकाे छ ।

नेपालका ७७ मध्ये ३८ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । मंगलबारमात्रै २७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारमात्रै ललितपुर, सिन्धुली, लमजुङ र रामेछाप जिल्लामा १/१ जनामा संक्रमण देखिएकाे छ । ती जिल्लामा मंगलबार पहिलो पटक संक्रमण पुष्टि भएको हाे।

मंगलबार काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् । योसँगै काठमाडौंमा संक्रमितको संख्या १२ पुगेको छ भने त्यसमा ५ जना निको भएर घर फर्किसकेका छन् । 

कर्णाली प्रदेशमा सोमबार दैलेखमा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सबै प्रदेशगत रुपमा सबै प्रदेशमा कोरोनाको संक्रमण पुष्टि भएको हो । 

हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी, सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर, दाङ, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, मोरङ, धनकुटा, गुल्मी, खोटाङ, दैलेख, सुनसरी, ललितपुर, लमजुङ, रामेछाप र सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै २ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । जसमा सिन्धुपाल्चाेककी एक महिला र बाँकेका एक युवक रहेका छन् ।

Facebook Comments