नेपालमा हालसम्म २९ हजार ९ सय ३८ जनामा काेराेना संक्रमण
नेपालमा बुधबारसम्ममा २८ हजार ९ सय ३८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टी भएकाे छ ।
बुधबार देशका विभिन्न ठाउँमा गरिएकाे परीक्षणमा थप ६ सय ८१ जनामा कोरोना पुष्टि भएसँगै कूल संक्रमितकाे संख्या २८ हजार ९ सय ३८ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १ सय २० जना कोरोना भाइरस संक्रमित निको भइ घर फर्किएका छन् ।
विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ। प्रवक्ता गाैतमका अनुसार हालसम्म ५ लाख ५४ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।
पछिल्लाे समय संक्रमण फैलिएका जिल्ला तथा स्थानीय तहहरूमा बन्दा बन्दी गर्ने तथा संक्रमण फैलिएकाे क्षेत्रमा अावागमन बन्द गर्ने गरिएकाे छ ।
जनजीवन भने काेराेना भाइरसकाे सन्त्रासले गर्दा गम्भीर रूपमा प्रभावित बनेकाे छ ।
Facebook Comments

