विश्वभर कोरोना भाइरसबाट झण्डै २ करोड २४ लाख संक्रमित
विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड २३ लाख बढीमा संक्रमण पुष्टी भएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट २ करोड २३ लाख ९१ हजार २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
हालसम्म ७ लाख ८५ हजार ९ सय ६९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
हालसम्म १ करोड ५१ लाख २१ हजार ४ सय ९४ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
हाल विश्वभर ६४ लाख ८३ हजार ७ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय अवस्थामा रहेको छ ।
अमेरिकामा मात्रै एक चौथाई बढी संक्रमित
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । कूल संक्रमितको एक चौथाई बढी अर्थात् ५६ लाख ५८ हजार ७४ जना संक्रमित अमेरिकामा भेटिएका छन् ।
यस भाइरसको संक्रमणबाट अमेरिकामा १ लाख ७५ हजार १ सय ३३ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी ब्राजिलमा ३४ लाख ११ हजार ८ सय ७२ संक्रमित भेटिएका छन् भने १ लाख १० हजार १९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
दक्षिण एशियाली मुलुक भारतमा संक्रमितको संख्या २८ लाख १४ हजार १ सय ५७ पुगेको छ । संक्रमितमध्ये ५३ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।
रसियामा ९ लाख ३७ हजार ३ सय २१ जना संक्रमितमध्ये १५ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ५ लाख ९२ हजार १ सय ४४ सय जना संक्रमितमध्ये १२ हजार २ सय ६४ जनाको मृत्यु भएको छ ।
पेरुमा ५ लाख ४९ हजार ३ सय २१ जना संक्रमितमध्ये २६ हजार ६ सय ५८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ५ लाख ३१ हजार २ सय ३९ जना संक्रमितमध्ये ५७ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ ।
कोलम्बियामा ४ लाख ८९ हजार १ सय २२ जना संक्रमितमध्ये १५ हजार ६ सय १९ जनाको मृत्यु भएको छ ।
चिलीमा ३ लाख ८८ हजार ८ सय ५५ जना संक्रमितमध्ये १० हजार ५ सय ४६ जनाको मृत्यु भएको छ । स्पेनमा ३ लाख ८४ हजार २ सय ७० जना संक्रमितमध्ये २८ हजार ६ सय ७० जनाको मृत्यु भएको छ ।
इरानमा ३ लाख ५० हजार २ सय ७९ जना संक्रमितमध्ये २० हजार १ सय २५ जनाको मृत्यु भएको छ । बेलायतमा ३ लाख २० हजार २ सय ८६ जना संक्रमितमध्ये ४१ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा ३ लाख ५ हजार ९ सय ६६ जना संक्रमितमध्ये ६ हजार १ सय १४ जनाको मृत्यु भएको छ । साउदी अरवमा ३ लाख २ हजार ६ सय ८६ जना संक्रमितमध्ये ३ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा २ लाख ९० हजार ४ सय ४५ जना संक्रमितमध्ये ६ हजार २ सय १ जनाको मृत्यु भएको छ । बंगलादेशमा २ लाख ८५ हजार ९१ जना संक्रमितमध्ये ३ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख ५४ हजार ६ सय ३६ जना संक्रमितमध्ये ३५ हजार ४ सय ५ जनाको मृत्यु भएको छ । टर्कीमा २ लाख ५१ हजार ८ सय ५ जना संक्रमितमध्ये ६ हजार १६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा २ लाख २८ हजार १ सय ३८ जना संक्रमितमध्ये ९ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा २ लाख २१ हजार २ सय ६७ जना संक्रमितमध्ये २० हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।
पछिल्लो दक्षिण एशिया र अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
परीक्षणबाट पुष्टी भएकाभन्दा १० गुणा बढीलाई कोरोना भएको हुन सक्ने विज्ञहरुको अनुमान रहेको छ ।
अवको १ महिनामा कोरोना भाइरस विरुद्धको खोप पत्ता लाग्न सक्ने अपेक्षा गरिएको छ ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

