आज संविधान दिवस मनाइँदै
आज छैटौं संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट नेपालकाे संविधान जारी भएकाे छ ।
२०७२ सालमा जारी भएकाे संविधानमा ब्यवस्था भए अनुरूप हाल मुलुक संघीय संरचनामा संचालित छ ।
जस अनुरूप केन्द्र, प्रदेश र स्थानीय गरी ३ तहका सरकार मुलुकमा क्रियाशील रहेका छन् ।
‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
केन्द्र सरकारकाे आयोजनामा सैनिक मञ्च टुँडिखेलमा संविधान दिवसकाे अवसरमा विशेष समारोह हुँदै छ ।
समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुने कार्यक्रम रहेकाे छ ।
यसैवीच सरकारले घरमै तबसेर राष्ट्रिय झण्डा फहराउँदै संविधान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेको छ ।
प्रदेश र स्थानीय तहमा समेत यसअघिका बर्षमा विशेष समाराेहका साथ संविधान दिवस मनाउने गरिएपनि यस बर्ष काेभिड १९ काे महामारीका कारण ठूला समाराेह गरिने छैनन् ।

