प्रतिनिधिसभाकाे बैठक बस्दै

यसअघि सभामुख चयनबारे सत्तारूढ दलले नै निर्णय लिन नसक्दा पटक पटक सूचना टाँस गरी स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज साेमबार बस्ने भएको छ ।

संसद बैठकमा सभामुख चयनकाे प्रक्रिया अगाडि बढ्ने बताइएकाे छ । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णयकाे छ ।

प्रतिपक्षी नेपाली काँग्रेसले सभामुखकाे उम्मेदवारबारे कुनै निर्णय गरेकाे छैन । त्यसका लागि काँग्रेस संसदीय दलकाे बैठक साेमबार बस्दैछ ।

प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की छ ।

प्रतिनिधिसभाको चालू अधिवेशनको पहिलो बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा सञ्चालन गर्नुभएको थियो । दोस्रो बैठक भने प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्ने तय भएको छ । त्यसअघि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने बताइएकाे छ ।

बलात्कारकाे आराेप लागेपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख रिक्त रहेकाे छ ।

जसका कारणा संसदले पारित गरेका विधेयक प्रमाणीकरणका लागि सिफारिस नभई संसदमै अलपत्र छन् ।

प्रतिनिधिसभामा फरक फरक दल र लिङ्गबाट सभामुख र उपसभामुख चयन हुनुपर्ने संवैधानिक ब्यवस्था रहेकाे छ ।

Facebook Comments