विश्वभर २४ लाख बढीमा कोरोना भाइरसको संक्रमण

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २४ लाख नाघेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २४ लाख ७ हजार २ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा ७ लाख बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार अमेरिकामा ७ लाख ६४ हजार ३ सय ३ जनामा यो भाइरसको संक्रमण देखा परेको छ भने ४० हजार ५ सय ४८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि स्पेनमा १ लाख ९८ हजार ६ सय ७४ जनामा संक्रमण देखिएको छ भने २० हजार ४ सय ५३ जनाको मृत्यु भएको छ ।

संक्रमणका कारण अमेरिकामा पछि धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा २३ हजार ६ सय ६० जनाको मृत्यु भएको छ भने १ लाख ७८ हजार ९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

फ्रान्सका १ लाख ५२ हजार ८ सय ९४ मा संक्रमण देखिएकोमा १९ हजार ७ सय १८ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ४५ हजार ७ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ हजार ६ सय ४२ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या १ लाख २० हजार ६७ रहेकामा मृत्यु हुनेको संख्या १६ हजार ६० पुगेको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।

टर्कीमा ८६ हजार ३ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार १७ जनाको मृत्यु भएको छ ।

इरानमा ८२ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार १ सय १८ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ३८ हजार ४ सय ९६ जनामा संक्रमण देखिएकोमा ५ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ३८ हजार ६ सय ५४ जनामा संक्रमण भएकोमा २ हजार ४ सय ६२ जनाको मृत्यु भएको छ ।

रसियामा ४२ हजार ८ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्युदर भने निकै कम देखिएको छ । रसियामा अहिलेसम्म ३ सय ६१ जनाको मृत्यु भएको छ ।

क्यानाडामा ३५ हजार ५६ जनामा संक्रमण हुनुका साथै १ हजार ५ सय ८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्डस्मा ३२ हजार ६ सय ५५ मा संक्रमण देखिएकोमा ३ हजार ६ सय ८४ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा २७ हजार ७ सय ४० जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

पोर्चुगलमा २० हजार २ सय ६ जनामा संक्रमण हुँदा ७ सय १४ जनाको मृत्यु भएको छ ।

भारतमा १७ हजार ६ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय ५९ जनाको मृत्यु भएको छ ।

अष्ट्रि«यामा १४ हजार ७ सय ४९ जनामा संक्रमण देखिएकोमा ४ सय ५२ जनाको मृत्यु भएको छ ।

त्यस्तै आयरल्याण्डमा १५ हजार २ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने ६ सय १० जनाको मृत्यु भएको छ । पेरुमा १५ हजार ६ सय २८ जनामा संक्रमण हुँदा ४ सय जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

स्वीडेनमा १४ हजार ३ सय ८५ जनामा संक्रमण हुँदा १ हजार ५ सय ४० सय जनाको मृत्यु भएको छ ।

इजरायलमा १३ हजार ४ सय ९१ जनामा संक्रमण देखिनुका साथै १ सय ७२ जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियामा १० हजार ६ सय ६१ जनामा संक्रमण देखिंदा मृत्यु हुनेको संख्या २ सय ३४ रहेको छ ।

त्यसैगरी जापनमा १० हजार ७ सय ९७ जनामा कोरोना संक्रमण भएको छ भने हालसम्म २ सय ३६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । चिलीमा १० हजार ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दर्जनौ मुलुकमा संक्रमितको संख्या १० हजार नजिक पुग्न लागेको छ भने सयौंको मृत्यु भइरहेको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

Facebook Comments