दुवै अध्यादेश फिर्ता लिन प्रमुख प्रतिपक्षी काँग्रेसकाे माग

प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार जारी भएका दुई अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गर्नुभएकाे हाे ।

सरकार अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीत लागेकाे भन्दै अध्यादेश तत्काल फिर्ता लिन सभापति देउवाद्वारा जारी विज्ञप्तिमा माग गरिएकाे छ ।

सोमबार मन्त्रिपरिषद्ले पास गरेका संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ ।

कोरोना संक्रमणको बेला सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको भन्दै दुवै अध्यादेशप्रति कांग्रेसले गम्भीर असहमित रहेकाे विज्ञप्तिमा उल्लेख छ । काँग्रेसले अध्यादेशलाइ ‘बेमाैषमी बाँसुरी’काे संज्ञा दिएकाे छ ।

Facebook Comments