नेकपा सचिवालय बैठकः महत्वपूर्ण बिषयहरू पार्टीमा छलफल गर्नुपर्ने निष्कर्ष
नेकपा सचिवालय बैठकमा अध्यादेश जारी भइसकेकाले सो विषयमा थप छलफल आवश्यक नभएको निष्कर्ष निकालेको छ ।
अध्यादेशका बारे पार्टीभित्र छलफल नभएकोबारे सचिलायका सदस्यहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
आगामि दिनमा यस्ता महत्वपूर्ण बिषयहरुमा पार्टीभित्र पर्याप्त छलफल गर्नुपर्ने निष्कर्ष निकालिएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले भने संवैधानिक नियुक्तिहरु गर्न नसकिएको भन्दै अध्यादेश आवश्यक भएको तर्क गर्दै सरकारको निर्णयको बचाउ गर्नु भएको थियो ।
पार्टी सचिवालय बैठकलगत्तै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपतिसँग भेटघाटका लागि शित्तल निवास जानुभएको बताइएको छ ।
केहीबेर अघि सकिएको सचिवालय बैठकबारे प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको अध्यादेशका विषयमा प्रधानमन्त्रीले जानकारी गराएको तथा अध्यक्ष प्रचण्डसहित अन्य सदस्यले यसमाथि आआफ्नो कोणबाट धारणा राखेको जानकारी दिनुभयाे ।
प्रवक्ता श्रेष्ठले पार्टी अहिले आन्तरिक एकता मजबुत बनाएर कोरोना विरुद्धको अभियान लगायतका राष्ट्रिय एजेण्डामा लाग्नुपर्ने बेला अन्यत्र अलमलिएको सचिवालयको निश्कर्ष रहेको समेत बताउनुभयाे ।

