विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट ५० लाख संक्रमित

विश्वभर झण्डै ५० लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५० लाख १६ हजार ७ सय ४२ जनामा देखिएको छ भने ३ लाख २५ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार १९ लाख ७९ हजार ६ सय ५४ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।

कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १५ लाख ७२ हजार १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस भाइरसका अमेरिकामा मात्रै ९३ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।

अमेरिकापछि रसिया ३ लाख ८ हजार ७ सय ५ जनामा संक्रमण देखिएको छ भने २ हजार ९ सय ७२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।

बेलायतमा ३५ हजार १ सय ७४जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ४८ हजार ८ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्पेनमा २ लाख ७८ हजार ८ सय ३ जना संक्रमित भेटिएका छन् भने २७ हजार ७ सय ७८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा २ लाख ७१ हजार ८ सय ८५ जनामा संक्रमण फेला परेको छ भने १७ हजार ९ सय ८३ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २६ हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३२ हजार १ सय ६९जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८० हजार ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार २२ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ७७ हजार ९ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार २ सय ९ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ५१ हजार ६ सय १५ जना संक्रमितमध्ये ४ हजार १ सय ९९ जनाको मृत्यु भएको छ ।

इरानमा १ लाख २६ हजार ९ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ ।

भारतमा पनि संक्रमितको संख्या १ लाख ७ हजार ८ सय १९ जना संक्रमित मध्ये ३ हजार ३ सय १७ जनाको मृत्यु भएको छ ।

पेरुमा ९९ हजार ४ सय ८३ जना संक्रमित मध्ये २ हजार ९ सय १४ जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

क्यानडामा ७९ हजार १ हजार १२ जना संक्रमित हुँदा ५ हजार ९ सय १२ जनाको मृत्यु भएको छ ।

साउदी अरवमा ६२ हजार ५ सय ४५ जना संक्रमितमध्ये ३ सय ३९ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ५५ हजार ९ सय ८३ जनामा संक्रमण भएकोमा ९ हजार १ सय ५० जनाको मृत्यु भएको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

Facebook Comments