किन ज्याम्दु पुगे सभापति कोइराला


विश्वभरि महामाहारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण गएको चैत्र ११ देखि नेपाल लकडाउन –बन्दाबन्दी)को अबस्थामा रहेको छ ।देशका अधिकांश योजनाको काम ठप्प रहेको छ यद्यपी केही योजनाको काम भने सञ्चालनमा रहेको छ । गण्डकी प्रदेश सरकार मातहतमा रहेको मादी गाउँपालिकाको महत्वपुर्ण योजना मध्येको एक मादीनदी ज्याम्दु मोटरेवलपुलको काम लकडाउनमा पनि जारी रहेकोछ ।

यसैविच गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र प्रदेश सभा कास्की १(२)का सांसद मनबहादुर गुरुङ पुल निर्माणको प्रगति र मजदुरको अबस्था बुझ्न सोमबार सो ठाउँमा पुगेका हुन ्।
सभापति कोइरालाले लकडाउनको कारण मजदुहरुलाई केही समस्या भए आफुहरु संग राख्न आग्रह गर्नुभएको थियो। मजदुरहरुले आफुहरुलाई खान बस्नको लागि कुनै समस्या नभएको बताएका थिए । कोइरालाले मास्कको प्रयोग गर्न चिकत्सकहरुले भनेझै सामाजिक दुरी कायम राख्दै काम गर्न सुझाव दिनु भयो । गत बर्ष ढिला काम हुदा सटिङगरीसकेको पुल बाढीले बगाएको स्मरण गर्दे कोइरालाले लकडाउनको अबधिमा सुरक्षा विधि अप्नाएर भएपनि पुलको निर्माणकार्य जारीरहेकोले त्यसक्ष्ोत्रका जनताले लामो समयदेखि देखेको सपना पुराहुने चरणमा पुगेको बताउनु भयो ।

पुल निर्माण यस आर्थिक बर्ष भित्रमा जसरी पनि सक्नुपर्ने भन्दै कोइरलाले निर्माण सामाग्री ल्याउन कुनै समस्या भए आफुहरुले पहल गर्ने निर्माण कम्पनीलाई बचन दिनु भएको छ
। सोही क्षेत्रका प्रदेश सांसद मनबहादुर गुरुङले समयमै काम भएकोले यसपटक पुलबग्नबाट जोगिएको बताउनु भयो । अस्ति आएको मादीको बाढीले पुलको ढलान अढाउन प्रयोग भएको केही सटिङ बगाएको देखाउदै गुरुङले यसपटक केहि दिन छिटो काम हुदा ठुलो क्षति हुनबाट जोगिएको बताउनु भयो ।

गुरुङले बर्षाको कारण धेरै नोक्सान हुने ठाउँमा स्थानीय सरकार प्रदेश सरकारले निर्माण कम्पनीहरुलाई कामगर्न अनुमति दिनुपर्ने बताउनु भयो । निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवाका प्रतिनिधि चिरञ्जिवि पोखरेलले पुलको ढलानको काम सकिएकोले बिरगंज र हेर्टाैडाबाट आउनुपर्ने सामाग्री ल्याउन सकियो भने जेठ महिना भित्र निर्माण सम्पन्न गर्ने बताउनुभयो ।अहिले दैनिक २२ जना मजदुरले काम गरिरहेको पोखरेलले जानकारी दिनुभयो।

मादीवडानं ७ र ३ जोड्ने उक्तपुल ८२.५ मिटर लामो हुने र प्रि स्टे«सड प्रविधिमा निर्माण हुने गण्डकी प्रदेशका पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुमन गिरीले बताउनु भयो । ८ करोड ६९ लाख ७ हजार ९ सय ८ रुपैयाँ ३७ पैसामा मृत सञ्जीवनी निर्माण सेवाले निर्माणको ठेक्का पाएको हो ।पुल निर्माण संगै मादीगाउँपालिकाको वडानं १ ,२,३,६,र ७ नम्बर वडाका स्थानीयहरुलाई आवतजावतमा सहज हुने मादीगाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बताउनु भयो । पुल निर्माण नहुदा ३ महिना सम्म त्यसक्षेत्रमा सवारी आवागमन ठप्प हुने गरेको थियो ।

Facebook Comments