विश्वभर कोरोना भाइरसको संक्रमण फैलने क्रम तीव्र

कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २४ लाख ८० हजार नाघेको छ ।

वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २४ लाख ८२ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा ७ लाख ९२ हनार ९ सय ३८ कोरोना भाइरसको संक्रमण देखिएको छ ।

वर्ल्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार अमेरिकामा ४२ हजार ५ सय १८ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि स्पेनमा २ लाख २ सय १० जनामा संक्रमण देखिएको छ भने २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ ।

संक्रमणका कारण अमेरिकामा पछि धेरै जनाको मृत्यु इटालीमा भएको छ । इटालीमा २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ भने १ लाख ८१ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

फ्रान्सका १ लाख ५५ हजार ३ सय ८३ मा संक्रमण देखिएकोमा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।

जर्मनीमा पनि १ लाख ४७ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ हजार ८ सय ६२ जनाको मृत्यु भएको छ ।

बेलायतमा संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ४३ रहेकामा मृत्यु हुनेको संख्या १६ हजार ५ सय ९ पुगेको छ ।

त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।

टर्कीमा ९० हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार १ सय ४० जनाको मृत्यु भएको छ ।

इरानमा ८३ हजार ५ सय ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेल्जियममा ३९ हजार ९ सय ८३ जनामा संक्रमण देखिएकोमा ५ हजार ८ सय २८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४० हजार ८ सय १४ जनामा संक्रमण भएकोमा २ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।

रसियामा ४७ हजार १ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिए पनि मृत्युदर भने निकै कम देखिएको छ । रसियामा अहिलेसम्म ४ सय ५ जनाको मृत्यु भएको छ ।

क्यानाडामा ३६ हजार ८ सय ३१ जनामा संक्रमण हुनुका साथै १ हजार ६ सय ९० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्डस्मा ३३ हजार ४ सय ५ मा संक्रमण देखिएकोमा ३ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ ।

स्वीजरल्याण्डमा २७ हजार ९ सय ४४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ४ सय २९ जनाको मृत्यु भएको छ ।

पोर्चुगलमा २० हजार ८ सय ६३ जनामा संक्रमण हुँदा ७ सय ३५ जनाको मृत्यु भएको छ ।

भारतमा १८ हजार ६ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ सय ९२ जनाको मृत्यु भएको छ ।

अष्ट्रि«यामा १४ हजार ७ सय ९५ जनामा संक्रमण देखिएकोमा ४ सय ७० जनाको मृत्यु भएको छ ।

पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।

विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

Facebook Comments