विश्वभर कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमितको संख्या ५१ लाख नाघ्यो
विश्वभर झण्डै ५१ लाख बढीमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार कोरोना भाइरस(कोभिड–१९)को संक्रमण ५१ लाख ८ सय ९५ जनामा देखिएको छ भने ३ लाख २९ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना भाइरस संक्रमित मध्ये एक तिहाई बढीले स्वास्थ्य लाभ गरिसकेका छन् । पछिल्लो तथ्याकं अनुसार २० लाख ३३ हजार ४ सय ८८ जना संक्रमित कोरोना भाइरसको संक्रमणबाट निको भइसकेका छन् ।
कोरोना भाइरसबाट संक्रमितमध्ये धेरै संख्यामा अमेरिकामा भेटिएका छन् । अमेरिकामा १५ लाख ९३ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
यस भाइरसका अमेरिकामा मात्रै ९४ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ । जुन विश्वभरको कूल मृत्यु संख्याको एक चौथाई बढी हो ।
अमेरिकापछि रसिया ३ लाख १७ हजार ५ सय ५४ जनामा संक्रमण देखिएको छ भने ३ हजार ९९ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण अमेरिकामा पछि बेलायतमा धेरै संख्यामा मृत्यु भएको छ ।
बेलायतमा ३५ हजार ७ सय ४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ भने २ लाख ४८ हजार २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्पेनमा २ लाख ७९ हजार ५ सय २४ जना संक्रमित भेटिएका छन् भने २७ हजार ८ सय ८८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा २ लाख ९३ हजार ३ सय ५७ जनामा संक्रमण फेला परेको छ भने १८ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख २७ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मा ३२ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ८१ हजार ५ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २८ हजार १ सय ३२ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ७८ हजार ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार २ सय ७० जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ५२ हजार ५ सय ८७ जना संक्रमितमध्ये ४ हजार २ सय २२ जनाको मृत्यु भएको छ ।
इरानमा १ लाख २६ हजार ९ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ ।
भारतमा पनि संक्रमितको संख्या १ लाख नाघेको छ । भारतमा १ लाख १२ हजार ४ सय ४२ जना संक्रमित मध्ये ३ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ ।
पेरुमा १ लाख ४ हजार २० जना संक्रमित मध्ये ३ हजार २४ जनाको मृत्यु भएको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
क्यानडामा ८० हजार १ सय ४२ जना संक्रमित हुँदा ६ हजार ३१ जनाको मृत्यु भएको छ ।
साउदी अरवमा ६२ हजार ५ सय ४५ जना संक्रमितमध्ये ३ सय ३९ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ५५ हजार ९ सय ८३ जनामा संक्रमण भएकोमा ९ हजार १ सय ५० जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ५६ हजार ५ सय ९४ जना संक्रमितमध्ये ६ हजार ९० जनाको मृत्यु भएको छ ।
त्यस्तै चिलीमा ५३ हजार ६ सय १७ जनामा संक्रमितमध्ये ५ सय ४४ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।
चीनका जनस्वास्थ्य विज्ञहरुले सन् २०२० को अन्तसम्ममा कोरोना भाइरस(कोभिड १९) विरुद्धको भ्याक्सिन आम नागरिकको प्रयोगमा ल्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिका बेलायत लगायतका मुलुकमा पनि यस भाइरस विरुद्धको खोप तयार पार्न अनुसन्धानकर्ताहरु जुटिरहेका छन् ।

