विश्वभर २५ लाख बढीमा कोरोना भाइरसको संक्रमण
कोरोना भाइरस(कोभिड १९)बाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ ।
वर्ल्डोमिटरको पछिल्लो तथ्याकं अनुसार २५ लाख ५७ हजार १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
अमेरिका कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा ८ लाख १९ हनार १ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
वर्ल्डोमिटरले सार्वजनिक गरेको तथ्याकं अनुसार अमेरिकामा ४५ हजार ३ सय ४० जनाको मृत्यु भइसकेको छ ।
अमेरिकापछि स्पेनमा २ लाख ४ हजार १ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने २१ हजार २ सय ८२ जनाको यस भाइरसको कारण मृत्यु भएको छ ।
इटालीमा १ लाख ८३ हजार ९ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ ।
इटालीपछि फ्रान्समा १ लाख ५८ हजार ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २० हजार ७ सय ९६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा पनि १ लाख ४८ हजार ४ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५ हजार ८६ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या १ लाख २९ हजार ४४ रहेकामा मृत्यु हुनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ ।
त्यस्तै चीनमा ८३ हजार १ सय ३५ जनामा संक्रमण देखिएको छ भने हालसम्म ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ ।
टर्कीमा ९५हजार ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा २ हजार २ सय ५९ जनाको मृत्यु भएको छ ।
इरानमा ८४ हजार ८ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ५ हजार २ सय ९७ जनाको मृत्यु भएको छ ।
रसियामा ५२ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ४ सय ५६ जनाको मात्र मृत्यु भएको छ ।
त्यस्तै बेल्जियममा ४० हजार ९ सय ५६ जनामा संक्रमण देखिएकोमा ५ हजार ९ सय ९८ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४३ हजार ७९ जनामा संक्रमण भएकोमा २ हजार ७ सय ४१ जनाको मृत्यु भएको छ ।
क्यानाडामा ३८ हजार ४ सय २२ जनामा संक्रमण हुनुका साथै १ हजार ८ सय ३४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
त्यस्तै नेदरल्याण्डस्मा ३४ हजार १ सय ३४ मा संक्रमण देखिएकोमा ३ हजार ९ सय १६ जनाको मृत्यु भएको छ ।
स्वीजरल्याण्डमा २८ हजार ६३ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ भने १ हजार ४ सय ७८ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा २१ हजार ३ सय ७९ जनामा संक्रमण हुँदा ७ सय ६२ जनाको मृत्यु भएको छ ।
भारतमा २० हजार ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय ४५ जनाको मृत्यु भएको छ ।
अष्ट्रि«यामा १४ हजार ८ सय ७३ जनामा संक्रमण देखिएकोमा ४ सय ९१ जनाको मृत्यु भएको छ ।
आयरल्याण्डमा १६ हजार ४० जनामा संक्रमण देखिएको छ भने ७ सय ३० जनाको मृत्यु भएको छ ।
स्वीडेनमा १५ हजार ३ सय २२ जनामा संक्रमण देखिएकोमा १ हजार ७ सय ६५ जनाको मृत्यु भएको छ ।
इजरायलमा १३ हजार ९ सय ४२ जनामा संक्रमण हुँदा १ सय ८४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
साउदी अरवमा ११ हजार ६ सय ३१ जनामा संक्रमण पाइएकोमा १ सय ९ जनाको मृत्यु भएको छ ।
जापनामा ११ हजार ५ सय १२ जनामा संक्रमण देखिएको छ भने २ सय ८१ जनाको मृत्यु भएको छ ।
चिलीमा १० हजार ८ सय ३२ जनामा संक्रमण देखिएको मा १ सय ४७ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियमा १० हजार ६ सय ९४ जना संक्रमित भेटिएकोमा २ सय ३८ जनाको मृत्यु भएको छ ।
इक्वेडरमा १० हजार ३ सय ९८ जनामा संक्रमण भएको छ भने ५ सय २० जनाको मृत्यु भएको छ । पोल्याण्ड, पाकिस्तान, मेक्सिको, रोमानिया, सिंगापुर लगायतका मुलुकमा संक्रमितको संख्या १० हजार नजिक पुगेको छ ।
पछिल्लो समय अमेरिका र युरोपमा कोरोना भाइरसको संक्रमण बढ्दो छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनले भ्याक्सिन पत्ता नलाग्दासम्म नोभल कोरोना भाइरस(कोभिड १९) नियन्त्रणमा आउन कठिन रहेको स्पष्ट पारेको छ ।

