नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ४५ पुग्याे
नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितकाे संख्या ४५ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे ।
उहाँका अनुसार उदयपुरकाे त्रियुगा नगरपालिका ३ झुल्केकाे नुरी मस्जिदमा बस्ने जमाती समुहका २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
मस्जिदमा बसेका १२ जनामा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित ११ जना भारतीय र १ नेपाली हुन् ।
काेराेना संक्रमितमध्ये ७ जना भने निकाे भएर घर फर्केका छन् ।
Facebook Comments

