संविधान संशाेधन प्रस्ताव संसदमा लैजाने सरकारकाे निर्णय

सरकारले संविधान संशोधनको संसदमा पेस गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव प्रस्ताव प्रतिनिधि सभामा लैजाने निर्णय गरेकाे हाे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेका अनुसार अहिले संविधानकाे अनुसूचीमा निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समावेश छैन।

सरकारले बुधबार भारतले अतिक्रमण गरेको उक्त क्षेत्र समेटर बुधबार नयाँ नक्सा जारी गरेको थियाे ।

संविधान संशाेधन मार्फत् निशान छापमै नक्सा परिवर्तन गरिएपछि नेपालभरिका सरकारी कार्यालयमा त्यही नक्साको औपचारिक प्रयोग हुन्छ।

संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ। प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।

Facebook Comments