नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय नाघ्यो

नेपालमा सोमबारसम्म ९ हजार बढीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण फेला परेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोमबार मात्रै थप ५ सय ३५ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म २३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ४८ जना निको भइ घर फर्केका छन् ।

कोरोना भाइरसले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ६ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ ।

पछिल्ला दिनहरुमा नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

Facebook Comments