चितवनमा एमसिसिको विरोधमा प्रदर्शन
देशभकत युवाहरुको समूहले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसि)को विरोध गरेको हो । नेपालको सार्वभौकितामाथि आँच आउने भन्दै एमसिसि स्वीकार नगर्न उनीहरुको आग्रह छ ।
जनसरोकार मञ्च चितवनले पनि एमसिसिको विरोधमा कार्यक्रम गर्ने भएको छ । एमसिसिका कतिपय प्रावधान नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुर्याउने खालका रहेका तर्क प्रदर्शनमा उत्रिएकाहरुको छ ।

प्रदर्शनकारीहरुले एमसिसि खारेज गर्नुपर्ने माग गरेका थिए । एमसिसि आफूहरुले पढेको भन्दै बरु प्रधानमन्त्री केपी शर्माओलीले महाकाली सन्धि पढ्नुभएको थियो भनेर प्रदर्शनका क्रममा सम्बोधन गर्ने वक्ताहरुले प्रश्न समेत गरेका थिए ।
Facebook Comments

