गण्डकी प्रदेशबाट नारयणकाजी श्रेष्ठ र भगवती न्याैपाने राष्ट्रियसभामा निर्वाचित

गण्डकी प्रदेशबाट नेकपाका नेता नारायणकाजी श्रेष्ठ र नेतृ भगवती न्याैपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ ।

बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार सहित श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

त्यस्तै महिला सदस्यमा निर्वाचित न्याैपानेले ३ हजार ३ सय ६६ मतभार हाँसिल गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसकी विमला गाैतनले २ हजार ३ सय ४० मतभार प्राप्त गर्नुभयाे ।

श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गर्नुभएकाे हाे ।

कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाउनुभएकाे थियाे ।

नेकपाले श्रेष्ठलाइ गण्डकी प्रदेशको अन्य समूहबाट र न्याैपानेलाइ महिलाबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएकाे थियाे ।

त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मतभार पाए ।

Facebook Comments