गण्डकी प्रदेशका सांसद दीपक मनाङे पक्राउ
प्रहरीले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पाेशाकमा खटिएकाे प्रहरी टाेलीले मनाङेलाइ पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट पक्राउ गरेकाे हाे ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको जानकारी दिदैं अनुसन्धान अगाडि बढेकाे बताउनुभयाे ।
मनाङेले बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा मत खसालेका थिए । मत खसालेर लेकसाइडको होटलतर्फ लागेका राजीवलाई प्रहरीले होटबाटै पक्राउ गरेको हो ।
अाफूमाथि मनाङेले मंगलबार कुटपिट गरेकाले कानुनी कार्वाही गरिपाउँ भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले किटानी जाहेरी दिनुभएकाे थियाे ।
साेही जाहेरीका अाधारमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पक्राउकाे अनुमति लिइ प्रहरीले पक्राउ गरेकाे हाे ।

