कोरोना भाइरसको संक्रमण बढ्दो(पछिल्लो अपडेट)
कोरोना भाइरस(कोभिड–१९) को संक्रमणले यतिबेला विश्व नै आक्रान्त बनेको छ । चीनको वुहानमा ४ महिना पहिले देखिएको कोरोना भाइरसको संक्रमण युरोपमा तीव्र रुपमा फैलिएको छ ।
पछिल्लो तथ्याकं अनुसार युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ ।
यो भाइरसको संक्रमणका कारण हालसम्म विश्वभर १४ हजार ६ सय ८७ जानको मृत्यु भएको छ । त्यस्तै ३ लाख ३८ हजार ७ सय २४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
हालसम्म ९९ हजार ३ जना कोरोना भाइरसको संक्रमणबाट उपचारपछि निको भएका छन् । अहिलेपनि २ लाख २५ हजार ३४ जनामा कोरोनाको संक्रमण रहेको छ ।
कोरोनका कारण चीनका ८१ हजार ९३ जना स)क्रमित हुनुका साथै ३ हजार २ सय ७० जनाको मृत्यु भएको छ । इटालीमा ५९ हजार १ सय ३८ मा संक्रमण देखिएको छ भने हालसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकामा ३४ हजार ७ सय १७ जनामा संक्रमण देखिएको छ भने ४ सय ५२ जनको मृत्यु भएको छ । इरानमा२१ हजार ६ सय ३८ मा संक्रमण देखिएको छ भने १ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरस संक्रमितको संख्यासँगै मृतकको संख्या बढिरहेको छ ।
इटालीमा ५ हजार ५ हजार ५ सय ६० जना नयाँ संक्रमित फेला परेका छन् ।
इटालीमा आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन् ।
त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ । आइतबार एकैदिन स्पेनमा ३ सय ७५ जनाको मृत्यु भएको छ । स्पेनमा आइतबार ३ हजार १ सय ७ संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६ सय ३ रहेको छ ।
त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ।
यो भाइरस सुरुमा चीनको वुहानमा देखिएकोमा पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ ।
विश्व स्वास्थ्य संगठन र जनस्वास्थ्यविज्ञहरुले दक्षिण एशियाली मुलुकमा कोरोनाको जोखिम रहेकाले संयमता अपनाउन अपिल गरेका छन् ।

