नवप्रभात स्काउटद्वारा हात धुने अभियान


नवप्रभात स्काउटले ह्यान्ड हात धुने अभियान शुरु गरेको छ ।भाइरस विरुद्ध लड्नका लागि स्वास्थ्य तथा सरसफाईमा सचेत बन्नुपर्ने भन्दै सचेतनाका लागि स्काउटले सो अभियान सुरु गरेको हो । नवप्रभात स्काउटले पोखराका विभिन्न चोक तथा अस्पतालमा ह्यान्ड वास स्टेसन राखी अभियान सुरु गरेको हो ।पोखराको चिप्लेढुंगा, पृथ्वीचोक, बाराहीघाट, आखाँ अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरि पाँच ठाउँमा स्टेसन राखिएको स्काउट प्रदीपराज पाण्डेयले जानकारी दिनुभयो ।
सर्वसाधारणलाई हात धुन सिकाइने, स्यानिटाइजर प्रयोगको महत्व बुझाइने साथै कोरोना संक्रमणबाट बच्न के के गर्नुपर्छ भनी सचेतनामुलक पर्चा वितरणका लागि ३० जना रोभरररेन्जर तथा स्काउट मास्टर खटिएको कास्की स्काउटका लिडर तथा कास्की संगठन आयुक्त सागर पौडेलले जानकारी दिनु भयो ।

Facebook Comments