कतारबाट फर्किएका नेपालीमा काेराेना भाइरसकाे संक्रमण
नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरी एक जनामा कोरोना परीक्षण गर्दा पाेजेटिभ देखिएपछि उपचारका लागि टेकू अस्पतालमा भर्ना गरिएकाे जानकारी दिनुभयाे ।
फ्रान्सबाट काठमाडौं आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । १९ बर्षीय ती व्यक्तिसँग सम्पर्कमा रहेका व्यक्तिहरूलाइ पनि अाइसाेलेसनमा राखिएकाे उहाँले जानकारी दिनुभयाे ।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
सरकारले काेराेना भाइरसकाे संक्रमणकाे शंका लागेमा क्वारेनटाइनमा बस्न अनुराेध गरेकाे छ । पछिल्ला दिनहरूमा संक्रमण भएका मुलुकबाट अाएका ७१ लाइ सरकारले नै क्वारेन्टाइनमा राखेकाे छ ।
Facebook Comments

